अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको आपतकालीन बैठक आज

 असार ९, २०८२ सोमबार ६:१०:३९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकाले इरानका मुख्य तीन आणविक केन्द्रमा हवाई आक्रमण गरेपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको गभर्नर मण्डलको आपतकालीन बैठक आज बस्दैछ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था आईएईएका अनुसार ती क्षेत्रमा अहिलेसम्म विकिरणको मात्रा बढेको प्रमाण भेटिएको छैन ।

आईएईएका प्रमुख राफाएल ग्रोसीले अमेरिकी आक्रमणलाई गम्भीर भन्दै आणविक पूर्वाधारमाथि आक्रमण अस्वीकार्य भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

इरानका परराष्ट्र मन्त्री सैयद अब्बास आरागचीले आक्रमणलाई गम्भीर र दीर्घकालीन असर पार्ने भन्दै सबै विकल्प खुला रहेको चेतावनी दिनुभएको छ ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयले विश्वव्यापी सुरक्षा सतर्कता जारी गर्दै आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

इजरायल–इरान तनावका कारण मध्यपूर्वमा यात्रा र हवाई मार्ग अवरुद्ध हुने सम्भावना बढेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । 

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया