एक वर्षभित्र उपयोगमा ल्याउने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

 असार ९, २०८२ सोमबार ९:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिनुभएको छ ।

हिजो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका प्रतिनिधिसँग दैलेखको ग्यास उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने समेत बताउनुभयो ।

छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भएको पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवम् भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

यसैगरी, धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ काम तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम र स्टिल उत्पादन गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिनुभएको छ । यस कामका लागि स्रोत, साधन र कानूनी सहजीकरणका लागि सरकारले सबै व्यवस्था मिलाउने प्रधानमन्त्रीको भनाइ छ ।

अन्तिम अपडेट: असार २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया