इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

 असार ९, २०८२ सोमबार ९:५७:५४ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने टिप्पणी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा ‘यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने’ भनेर लेख्नुभएको छ । तर अमेरिकी सरकारका अरु वरिष्ठ अधिकारीहरूले भने फरक धारणा सार्वजनिक गरेका छन् ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो आक्रमण सत्ता परिवर्तनका लागि नभई ईरानको परमाणु कार्यक्रमलाई रोक्न गरिएको बताउनुभएको छ । यसअघि उपराष्ट्रपति जेडी भ्यान्सले पनि अमेरिकाको उद्देश्य सत्ता परिवर्तन नभई ईरानको परमाणु खतरा अन्त्य गर्नु भएको बताउनुभएको थियो ।

इजरायल र इरानबीच लडाइँ कायमै रहेको बेला अमेरिकाले शनिवार राति इरानका फोर्दाे, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो ।

साउदी अरब, कतार, पाकिस्तानलगायतका इस्लामिक देशहरूले अमेरिकाप्रति कडा प्रतिक्रिया जनाएका छन् । ती देशहरूले अमेरिकाको कारबाहीलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै यसले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको बताएका छन् । उनीहरुले कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न आग्रह समेत गरेका छन् ।

अन्तिम अपडेट: असार २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया