रामेछापको दोरम्बामा पहिरो : एउटा घर भत्कियो, चार घर उच्च जोखिममा

 असार ९, २०८२ सोमबार १२:३५:१५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरको चिहान खोला नजिकै गएराति पहिरो जाँदा एउटा घर भत्किएको छ । चार वटा घर उच्च जोखिममा रहेका छन् ।

पहिरोले स्थानीय झगरसिंह बसेलको ढुङ्गामाटोले बनेको कच्ची घर पूर्णरूपमा भत्किएको छ भने चेली बसेलको चौपाया बाँध्ने गोठ पहिरोले पुरिँदा एक गाई र बाछो मरेको छ ।

यही ठाउँमा १२ घरधुरीको बसोबास रहेको छ । जसमध्ये हरिकृष्ण बसेल, बुद्धिमान बसेल र चिना बसेलको घर उच्च जोखिममा रहेकाले तत्काल अन्यत्र सार्नुपर्ने अवस्था रहेको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरका वडाध्यक्ष सन्तलाल थापामगरले जानकारी दिनुभयो ।

यस्तै रामेछापकै लिखु तामाकोशी गाउँपालिका–२ सैपुकी ५८ वर्षीय लिङमा तामाङ पहिरोमा पुरिएर गम्भीर घाइते हुनुभएको छ ।

घर नजिकैको जङ्गलमा हिजो दिउँसो बाख्रा चराउन गएकी तामाङलाई बसिरहेको ठाउँ माथिबाट अकस्मात् पहिरो खसेर पुरेको थियो ।

बाख्रा चराउन गएका अरू गोठालाहरूले तामाङलाई पहिरोले पुरेको देखेपछि तत्काल घटनास्थलबाट उद्धार गरी अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । उहाँलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।

अन्तिम अपडेट: असार २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया