दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

 असार ९, २०८२ सोमबार १२:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएकामा डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट गाडी चल्दै आएको थियो ।

आज बिहानदेखि त्यो मार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको हो । विनयी त्रिवेणी–३ को खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

अहिले यस सडक क्षेत्रको दाउन्ने–दुम्कीबास खण्डमा गाडी आवतजावत गर्न नसक्ने स्थिति भएको छ । निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि बगाएको थियो ।

डाइभर्सन बगाएपछि अलपत्र परेका गाडीलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्zL गेट, सर्दी र ज्यामिरे सडक प्रयोग गरी आवतजावत गराइँदै आएको थियो । त्यो मार्ग पनि अवरोध भएपछि अहिले यातायात पूर्णरूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

वर्षासँगै नदी तथा खोलामा आएको बहाव र अस्थायी डाइभर्सनको भरपर्दाे व्यवस्था नहुँदा यात्रुहरूलाई कठिनाइ हुँदै आएको छ ।

यसैबीच गोरखाको शहीद लखन गाउँपालिका–७ को ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको  छ । गएराति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै बन्द भएको हो ।

अन्तिम अपडेट: असार २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया