सिरियाको चर्चमा आत्मघाती बम आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो

 असार ९, २०८२ सोमबार १२:३८:५२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

सिरियाको दमास्कसमा रहेको एक चर्चमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । आक्रमणमा अन्य ६३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सिरियाको गृह मन्त्रालयका अनुसार आइतवार बेलुका ड्वेला क्षेत्रको ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले गोली चलाएका र त्यसपछि विस्फोटक भेस्ट विस्फोट गराएका थिए । आक्रमणकारी जिहादी समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध रहेको विवरण सार्वजनिक भए पनि समूहले तत्काल कुनै दाबी गरेको छैन ।

चर्चभित्रका तस्वीर र भिडियोमा मण्डप र भित्ताहरूमा रगत लतपतिएको दृश्य देखिएको छ ।

डिसेम्बरमा इस्लामवादी नेतृत्वको विद्रोही सेनाले बसर अल–असदलाई अपदस्थ गरेपछि दमास्कसमा यो पहिलो पटक यस्तो आक्रमण भएको हो । प्रारम्भिक जानकारीअनुसार चर्चको प्रवेशद्वारमा बम विस्फोट हुँदा भवनभित्र र नजिकै रहेका मानिसहरूको ज्यान गएको खबरमा उल्लेख छ ।

आईएसले सिरियामा क्रिश्चियन र अन्य धार्मिक अल्पसङ्ख्यकहरूलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएको छ ।

अन्तिम अपडेट: असार २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया