हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव इरानको संसदबाट अनुमोदन

 असार ९, २०८२ सोमबार १३:५:५९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

इरानको संसद्ले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ । तर यसको कार्यान्वयन भने देशको सर्वोच्च राष्ट्रिय परिषद् र नेता आयतोल्लाह अली खामेनेईले गर्नुपर्छ ।

तत्काल यो मार्ग बन्द हुने सम्भावना कम रहे पनि विश्व अर्थतन्त्रमा त्रास फैलिएको छ । हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने बाटो हो । तेल उत्पादन गर्ने थुप्रै खाडी देशहरूले यो जलमार्ग प्रयोग गरेर तेल निर्यात गर्ने गर्छन् ।

इरानसहित साउदी अरेबिया, यूएई, कुवेत र इराकले आफ्नो तेल चीन, भारत, जापान, दक्षिण कोरियालगायतका देशमा निर्यात गर्न यही जलमार्ग प्रयोग गर्छन् । यो जलमार्ग प्रयोग गरेर विश्वको २० प्रतिशत तेल अन्तर्राष्ट्रिय बजारमा बेचिन्छ । यदि इरानले हर्मुज जलमार्ग बन्द गर्‍याे भने तेलको भाउ निकै बढ्नेछ ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलमार्ग बन्द गर्ने तयारीबाट इरानलाई रोक्न चीनसँग आग्रह गर्नुभएको छ । यो मार्ग बन्द हुँदा विश्व अर्थतन्त्र प्रभावित हुन सक्ने उहाँको भनाइ छ । हर्मुज जलमार्ग बन्द हुँदा अमेरिका प्रत्यक्ष प्रभावित हुँदैन तर चीन भने प्रत्यक्ष प्रभावित हुन्छ ।

चीनमा आयात हुने कच्चा तेलको ५० प्रतिशत यही बाटो भएर पुग्छ । चीनले इरानमा भएको आक्रमणको निन्दा गरे पनि जलडमरूमार्ग बन्दबारे कुनै स्पष्ट टिप्पणी गरेको छैन ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया