पहलगाममा आक्रमण गर्ने सबै पाकिस्तानी नागरिक : भारतीय अनुसन्धानकर्ता

 असार ९, २०८२ सोमबार १८:५:६ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर, एजेन्सी

भारतीय अनुसन्धानकर्ताहरूले पहलगाममा आक्रमण गर्नेहरू सबै पाकिस्तानी नागरिक भएका दाबी गरेका छन् ।

भारतीय अनुसन्धानकर्ताहरूले गएको अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाम शहर नजिकै पर्यटकहरूमाथि भएको घातक आक्रमणमा संलग्न तीनै जना आतङ्ककारीहरू संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्धित लडाकू समूह ‘लश्कर–ए–तैयबा’ (एलईटी) का पाकिस्तानी नागरिक भएका बताएका बीबीसीले जनाएको छ ।

प्रहरीले यसअघि तीन जनाको ‘स्केच’ सार्वजनिक गरेको थियो जसमा दुई जना पाकिस्तानी र एक जना स्थानीय रहेका बताएको थियो । आक्रमणकारीहरूलाई आश्रय दिएको आरोपमा दुई जना स्थानीय पुरुषलाई पक्राउ गरेपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यो दाबी गरेको खबरमा उल्लेख छ । पाकिस्तानले यी दाबीहरूमा कुनै टिप्पणी गरेको छैन ।

लोकप्रिय पर्यटकीय स्थल बैसरनमा भएको आक्रमणले भारत र पाकिस्तानलाई युद्धको सङ्घारमा पुर्‍याएको थियो । कश्मीरलाई लिएर तीन पटक युद्ध लडेका आणविक हतियारधारी दक्षिण एशियाली छिमेकीहरूले यस क्षेत्रलाई पूर्णरूपमा आफ्नो दाबी गर्दै आएका छन् ।

पहलगाममा गएको अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको ज्यान गएको थियो ।

यो घटनापछि भारतीय सुरक्षा बलहरूले पहलगाम क्षेत्रमा खोजी अभियान शुरू गरेका थिए र कश्मीरभरि हजारौंलाई सोधपुछका लागि हिरासतमा राखिएको थियो । यद्यपि तीन आक्रमणकारीहरू अझै पक्राउ परेका छैनन् ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया