धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । इजरायली सरकारले ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै कुनै पनि उल्लङ्घनको कडा जवाफ दिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
इजरायलले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको बताएको छ । इरानबाट आफ्नो देशका निम्ति उत्पन्न परमाणु अस्त्र तथा ब्यालेस्टिक क्षेप्यास्त्रको खतरा निस्तेज पारिदिएको पनि इजरेलले जनाएको छ ।
केही बेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरेली भू–भागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरायलसँगको युद्धविराम सहमति शुरू भएको जनाएको छ । इरानी हमलामा दक्षिणी क्षेत्रमा चार जनाको ज्यान गएको इजरायलले बताएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ को एक पोस्टमा इजरायल र इरानबीच युद्धविरामको घोषणा गर्नुभएको थियो । ट्रम्पले युद्धविराम शुरू भएको र उल्लङ्घन नगर्न आग्रह गर्नुभएको थियो ।
गएको १२ दिनदेखि इजरायल र इरानबीच युद्ध चर्किँदा मध्यपूर्वमा व्यापक द्वन्द्वको आशङ्का बढेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।