धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डाै – उडान रद्द भएपछि गएरातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थालेका छन् । गएराति साढे ११ बजे कतारको दोहा उड्न लागेको नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए ।
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको हिजो हुनुपर्ने दोहा उडानमा २ सय ६९ जना यात्रु थिए । त्यस्तै हिमालय एअरलाइन्स विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए । उडान सञ्चालन भएसँगै यात्रु गन्तव्यतर्फ लागेका विमानस्थल कार्यालयले जनाएको छ ।
इरानले कतारमा आक्रमण गरेपछि विशेषगरी खाडीका देश जाने केही उडान रद्द भएका थिए । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो ।
कतारबाट बिहान ८ बजे काठमाण्डौ आइपुग्नुपर्ने विमानको उडान रद्द भएको छ । महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रूपमै उडान हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।