जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारकाे तयारी

 असार १०, २०८२ मंगलबार १५:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपमा देशहरूमा संस्थागत प्रक्रियाबाट पठाउने गरी तयारी गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आउँदो जुलाईदेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया शुरू गर्ने बताउनुभयो । वैदेशिक रोजगार नीतिअनुसार नेपालीलाई कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न कडा कारबाही गरिने पनि मन्त्री भण्डारीले चेतावनी दिनुभयो । साथै इरान र इजरायलबीच उत्पन्न सङ्कटबाट त्यहाँ कार्यरत नेपाली श्रमिकमा परेको र पर्न सक्ने प्रभावका बारेमा मन्त्रालय सजग र तयारी अवस्थामा रहेको उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: असार २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया