अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दो...
असार २५, २०८२ बुधबार
इजरायली रक्षामन्त्रीले इरानले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । रक्षामन्त्री इजरायल काट्जले इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै त्यसका विरुद्ध शक्तिशाली आक्रमण गर्न सेनालाई आदेश दिनुभएको बीबीसीले जनाएको छ ।
इजरायली रक्षामन्त्रीले विज्ञप्ति निकालेर इरानले गरेको युद्धविराम उल्लङ्घनविरुद्ध तेहरानमा सघन प्रहार गरेर कडा प्रतिवाद गर्न आदेश दिएको बताउनुभएको छ ।
प्रधानमन्त्री बेन्जमिन नेतान्याहुका निकट सहयोगी अर्थमन्त्री बेजालेल स्मोत्रिखले तेहरान हल्लाइदिने चेतावनी दिनुभएको छ । इजराली सेनाले इरानबाट मिसाइल प्रहार भएको जानकारी दिएको थियो ।
दुई देशबीच युद्धविराम लागू भएको भनिएको केही घण्टा नबित्दै इजरायलले इरानमाथि उल्लङ्घनको आरोप लगाएको हो ।
यसैबीच इरानले युद्धविराम शुरू भएपछि इजरायलमा मिसाइल प्रहार गरेको कुरालाई अस्वीकार गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ को एक पोस्टमा इजरायल र इरानबीच युद्धविरामको घोषणा गर्नुभएको थियो । त्यसपछि इजरायली सरकारले ट्रम्पको युद्धविराम प्रस्तावमा सहमत भएको बताएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।