अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दो...
असार २५, २०८२ बुधबार
काठमाण्डाै – त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडक खण्ड २ दिन दिउँसो ४ घण्टा बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडक खण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युमपाइप बिछ्याउने कार्य गर्न लागिएकाले आउँदो शुक्रवार र शनिवार २ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी चलाउन रोक लगाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज निकालेको सूचनामा २ दिन दैनिक ४ घण्टा राजपथ बन्द गरिने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।