१४ उत्कृष्ट किसान राष्ट्रपतिबाट पुरस्कृत

 असार १०, २०८२ मंगलबार १७:५९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : राष्ट्रपति कार्यालय

काठमाण्डाै – देशभरका १४ जना किसान राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज राष्ट्रपति निवास शीतल निवासमा आयाेजना गरेकाे कार्यक्रममा राष्ट्रपति रामचन्द्र पाैडेलले १४ जना किसानलाई पुरस्कार प्रदान गर्नुभएकाे हाे ।

पुरस्कृत हुनेहरूमा कोशी प्रदेशबाट आर्य कृषि फार्मका सुरेशकुमार मेहता र रमेश कृषि फार्मका रमेश साह, मधेश प्रदेशबाट शम्भुनाथ माछा फार्मका भरतकुमार यादव र निजगढ केरा एग्रिकल्चर फार्मका हिराबहादुर थापा मगर रहेका छन् ।

यसैगरी बागमती प्रदेशबाट कालिका पशु विकास केन्द्रका चेतप्रसाद ढकाल र ग्रीनलाइन एग्रो प्रालिका दयाराम मचामसी, गण्डकी प्रदेशबाट ङवाङहिसी कृषि तथा पशुपक्षी अग्र्यानिक फार्मका छिरिङ गुरुङ र मित्र बाटिका कृषि फार्मका बाटुली तिवारी, लुम्बिनी प्रदेशबाट जयपाल मौर्य र शान्ति उन्नत पशुपालन तथा माछा फार्मका सुवास कुर्मी, कर्णाली प्रदेशबाट गोविन्द ओली र भरतनाथ योगी तथा सुदूरपश्चिम प्रदेशबाट खप्तड पशुपक्षी तथा कृषि फार्मका प्रेमप्रसाद जोशी र कैलाशेधरी कृषि तथा पोल्ट्री फार्मका लोकबहादुर थापालाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयाे । पुरस्कृत हुने किसानले जनही २ लाख रुपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा बाेल्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयाे । कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित ‘स्टार्टअप’ कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया