ललितपुर महानगरकाे बजेट ७ अर्ब ४७ कराेड रुपैयाँ

 असार १०, २०८२ मंगलबार १८:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँकाे बजेट ल्याएको छ ।

महानगरपालिकाकी मञ्जली शाक्य बज्राचार्यले महानगरपालिकाको साताैं नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो । याे बजेट चालू आर्थिक वर्षकाे भन्दा १ कराेड रुपैयाँले धेरै हाे । महानगरले चालू वर्षका लागि ७ अर्ब ४६ कराेड ८३ लाख रुपैयाँकाे बजेट ल्याएकाे थियाे ।

ललितपुर महानगरले सम्पदा र संस्कृति संरक्षण, हरियाली प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर–घर स्वच्छ खानेपानी, युवा रोजगारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया