सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालम...
असार २५, २०८२ बुधबार
काठमाण्डौ – पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाण्डौ महानगरपालिकाको बजेट रोकिएको छ । ७ सय ५३ पालिकामध्ये ६ वटा महानगर छन् ।
विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरले बजेट ल्याएका छन् । तर सङ्घीय राजधानी रहेको काठमाण्डौ महानगरको बजेट आन्तरिक विवादका कारण तोकिएको समयमा हिजो प्रस्तुत हुन नसकेको हो ।
सङ्घीय सरकारका केही मन्त्रालयको भन्दा बढी बजेट चलाउने काठमाण्डौ महानगरको बजेटका बारेमा आम चासो हुने गर्छ ।
काठमाण्डौ महानगरको नगरसभा लामो समयदेखि बस्न सकेको छैन । नगरसभा बस्न नसकेको र बजेट प्रस्तुत हुन नसकेको सन्दर्भमा महानगरले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत र मेयर बालेन शाहकाबीचमा केही असमझदारी रहेको अनुमान छ ।
महानगरको नीति तथा कार्यक्रम र बजेटकाबारेमा सम्बद्ध पदाधिकारीका बीचमा छलफल नै हुन सकेको छैन ।
यस्तै, देशका अन्य केही पालिकाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न नसकेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयको बजेट पोर्टलमा ७ सय भन्दा धेरै पालिकाको बजेट प्रविष्ट भएको छ ।
संवैधानिक प्रावधानअनुसार स्थानीय सरकारले असार १० गते बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्ने प्रावधान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।