सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालम...
असार २५, २०८२ बुधबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामी बढ्न थालेका छन् । गर्मी अनि मनसुनको बेला पानी पर्नेक्रम बढेसँगै सङक्रामक रोगका बिरामी बढ्न थालेका हुन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आकश्मिक कक्षमै अहिले दैनिक सरदर सात जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा सबैभन्दा धेरै झाडापखालाका बिरामी बढेका छन् ।
अस्ति सोमवारसम्म काठमाण्डौमा १९७, ललितपुरमा ६०, भक्तपुरमा ५५, काभ्रेमा ३७ र पर्सामा ४९ जना झाडापखालामा बिरामी फेला परेका छन् । यस्तै भक्तपुरमा ३७, दोलखामा ४, रुपन्देहीमा ३, भोजपुरमा २ र खोटाङमा २ जना हैजाका लक्षण भएका बिरामी छन् ।
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार बर्खाको समय, चर्को गर्मी तथा खानपानको कारण ज्वरो, हैजा तथा झाडापखालाका बिरामी बढेका हुन् ।
पानीजन्य सङक्रमण रोगको जोखिम बढ्ने यो बेला व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने अनि विशेषगरी पालिकाले आवश्यक सतर्कता अपनाउनुपर्नेमा उहाँको जोड छ ।
सरुवा रोगबाट जोगिन व्यक्तिगत सरसफाइ निक्कै महत्त्वपूर्ण रहेको सुमेरु अस्पतालका जनरल फिजसियन डा.सरोज थापाले बताउनुभयो । बर्खामा पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक रहेको डाक्टरले बताएका छन् ।
त्यस्तै बासी खानेकुरा नखाने, भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र ताजा खानेकुरा खानुपर्ने र स्वास्थ्य समस्या भइहालेमा तुरुन्त अस्पताल जान डा.थापाको सल्लाह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।