दैलेखकी लक्ष्मी नेपालीको अत्यधिक रक्तश्राव हुँदा ज्यान गयो

 असार ११, २०८२ बुधबार ९:२१:४६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखकी लक्ष्मी नेपालीको अत्यधिक रक्तश्राव हुँदा ज्यान गएको छ । काठमाण्डौको बानेश्वरमा रहेको नेपाल निजामती अस्पतालमा दैलेखको नारायण नगरपालिका–२ जाहारकोटकी ३३ वर्षीया नेपालीको उपचारकाक्रममा हिजो ज्यान गएको हो ।

हिजो बिहान  बच्चा जन्माएकी लक्ष्मीलाई लगातार रगत बग्न थालेपछि तीन पोका रगत दिइएको थियो । तर बेलुका ज्यान गएको दैलेखी सेवा समाज काठमाण्डौका अध्यक्ष प्रताप शाहीले जानकारी दिनुभयो । लक्ष्मीका यसअघि दुई सन्तान छन् ।

हिजो जन्मिएको नवजात शिशुको अवस्था स्वस्थ रहेको शाहीले बताउनुभयो । उहाँका श्रीमान् दिपक स्वास्थ्य सेवा कार्यालय दैलेखका लेखा अधिकृत हुनुहुन्छ । 

अन्तिम अपडेट: असार २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया