रौतहटमा सेप्टीक ट्याङ्कीमा खसेर दुई जना बालबालिकाको ज्यान गयो

 असार ११, २०८२ बुधबार ९:५५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्वीर

काठमाण्डौ – रौतहटमा सेप्टीक ट्याङ्कीमा खसेर दुई जना बालबालिकाको ज्यान गएको छ । चन्द्रपुर–१० निबुवा टोल बस्ने गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदिश साहकी दुई वर्षीया छोरी खुश्बु साहको ट्याङ्कीमा खसेर ज्यान गएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

बालबालिका खेल्ने क्रममा हिजो बेलुका पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेप्टीक ट्याङ्कीमा खसेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई उद्धार गरी उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । 

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया