अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दो...
असार २५, २०८२ बुधबार
काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुनुभएको छ । पतञ्जली जग्गा प्रकरणमा परेको मुद्दाको विषयमा उहाँ विशेष अदालत पुग्नुभएको हो ।
नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै निवेदन दर्ता गराउनुभएको थियो । नेपालको बयान विशेष अदालतका तीन जना न्यायाधीशको इजलासमा हुँदैछ । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास नम्बर–२ मा उहाँकाे बयान हुनेछ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।
पतञ्जली जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।