बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति
असार २५, २०८२ बुधबार
काठमाण्डौ – नेपालमा बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्तिमा जोखिम रहेको विज्ञहरूले बताएका छन् ।
आउँदो सोमवारदेखि यही असार १९ गतेसम्म स्पेनमा हुने ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भमा काठमाण्डौमा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले विकासशील देशहरूमा बाह्य ऋणको बढ्दो बोझले सामाजिक विकास कार्यक्रमहरू प्रभावित भएको हुँदा तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले विश्वभरका विकासशील र विकासोन्मुख देशहरूमा सरकारले आफ्ना नागरिकहरूको स्वास्थ्य र शिक्षामा भन्दा बढी रकम ऋणको ब्याज तिर्नमा खर्च गरिरहेको जानकारी दिनुभयो ।
यस्तै पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरू लिन नहुने बताउनुभएको छ ।
नेपालले उदार र महँगो दरमा ऋणहरू लिन नहुने उहाँको भनाइ छ । उहाँले बहुपक्षीय ऋण नेपालले लिएर आफ्नो आवश्यकताका आधारमा लगानी गर्नसक्ने स्थिति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै पूर्वअर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै लिनुपर्ने बताउनुभएको छ ।
उहाँले नेपालले पैसामा लगानी गर्ने नभई नीतिमा लगानी गर्ने गरेको भन्दै सरकारले लिएका बढी अनुदानहरू नीतिगत हस्तक्षेपका रूपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको जिकिर गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।