बेँसीशहर–चामे सडकमा साउन मसान्तसम्म रातमा गाडी चलाउन रोक
असार २५, २०८२ बुधबार
पर्सा – वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ रकम खर्चिएको छ ।
आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र गाडीको आयातबाट प्राप्त हुने राजस्व रहेको बताउनुभयो ।
त्यस्तै दोस्रो धेरै राजस्व भने गाडी र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ रकम प्राप्त भएको छ । आयातबाट प्राप्त राजस्वमा गाडी र पार्टपुर्जाको हिस्सा भने ११ दशमलव २३ प्रतिशत छ ।
त्यसैगरी फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । मेशिनरी तथा पार्टपुर्जा आयातबाट पाँच अर्ब २६ करोड रुपैयाँ सङ्कलन भएको छ ।
इलेक्ट्रिक मेशिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ६७ करोड रुपैयाँ सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।
चालू आर्थिक वर्षकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट तीन अर्ब ६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट दुई अर्ब ५८ करोड, शृङ्गारका सामान आयातबाट दुई अर्ब ५२ करोड, प्लास्टिकका कच्चा पदार्थ आयातबाट दुई अर्ब ३२ करोड तथा अन्य लुब्रिकेन्ट आयलको आयातबाट दुई अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।