सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालम...
असार २५, २०८२ बुधबार
मुस्ताङ – उपल्लो मुस्ताङमा स्याउखेती विस्तार हुन थालेको छ । पहिला कमै खेती हुने उपल्लो मुस्ताङमा पछिल्लो समय स्याउखेतीका लागि अनुकूल वातावरण बन्न थालेको छ । यसको एउटा कारण जलवायु परिवर्तन रहेको विज्ञहरू बताउँछन् ।
समुद्री सतहको झन्डै तीन हजार मिटरसम्मको उचाइमा हुँदै आएको स्याउखेती अहिले उपल्लो मुस्ताङ समुद्री सतहको चार हजार मिटरको उचाइसम्म नै हुन थालेको छ ।
शीतोष्ण हावापानीमा हुने फलफूल खेतीमध्ये स्याउ उपल्लो मुस्ताङमा सप्रिन थालेपछि किसानको सङ्ख्या पनि थपिन थालेको छ ।
किसानलाई आवश्यक सहयोगसहित स्याउ हबका रूपमा विकास गर्ने योजनासहित लोमान्थाङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर स्याउको बिरुवा खरिद गर्नेलाई अनुदान दिनेगरी बजेट विनियोजन गरेको अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानले उत्पादन गरेको कृषि उपज सहज बजारीकरण गर्न पालिकाले आवश्यक सहजीकरण गर्ने नीति पनि लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।