सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

 मंसिर २७, २०७५ बिहिबार १७:१६:५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नं–६, मा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.५ प. १६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिराहाको सखुवानकट्टी गाउँपालिका–१, का २३ वर्षीय रितेश चौधरी घाइते भएका थिए । घाइते चौधरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको तथा  चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया