नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

एशियाली पारा तेक्वान्दो च्याम्पियनशिपमा पलेशाले कांस्य जितिन्

काठमाण्डाै – पलेशा गोवर्धनले १०औं एशियाली पारा तेक्वान्दो च्याम्पियनशिप (जी–४) मा कांस्य पदक जितेकी छन् ।

मलेशियाको कुचिङमा आज भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । चीनको शाङ्घाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन मलेशिया पुगेकी थिइन् ।

जुलाई २४ देखि आजसम्म भएको प्रतियोगितामा पलेशासहित पाँच जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए । टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद