इंग्ल्याण्डलाई ६–० ले हराउँदै बेल्जियम हकी विश्वकपको फाइनलमा

 मंसिर २९, २०७५ शनिबार १९:४६:५३ | एजेन्सी
unn.prixa.net

बेल्जियम हकी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । 

भारतको भुवनेश्वरमा जारी प्रतियोगिता अन्तर्गत इंग्ल्याण्डलाई ६–०ले पराजित गर्दै ओलम्पिकमा रजत पदक जितेको बेल्जियमले फाइनलमा स्थान बनाएको हो । 

बेल्जियमका लागि एलक्जेन्डर ह्ड्रिक्सले २ तथा टम बून, साइमन गागनार्ड, सेड्रिक चार्लियर र सेबेस्टियन डाकियरले एक–एक गोल गरेका थिए । 

फाइनलमा पुगेको बेल्जियमसँग अब नेदरल्याण्ड र अष्ट्रेलियाबीचको विजेताले उपाधिका लागि खेल्नेछ ।

आजको खेलमा बेिल्जयमका खेलाडीहरु हातमा कालो पट्टि बाँधेर खेलेका थिए । टिमका सदस्य गागनवार्डका बाबुको निधन भएकाले उनको श्रद्धाञ्जलीका लागि कालोपट्टि बाँधेको जनाइएको छ । आजैको खेलअघि पिता गुमाएका गागनवार्डले खेल्ने निर्णय गर्दै आजको खेलमा एक गोलसमेत गर्न सफल भएका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया