छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुल्यो

 पुस १, २०७५ आइतबार १६:४०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुलेको छ ।

यो ओलम्पियाडमा १४ वर्षदेखि २० वर्षभन्दा कम उमेरका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीले माघ ५ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन फारम तथा अन्य जानकारी वेबसाईट www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

सोसाइटीका अनुसार पहिलो चरणको परीक्षा आउँदो माघ १२ गते शनिबारका दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म सात वटै प्रदेशमा एकै पटक चल्ने छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया