लागुऔषध तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै सर्लाही

 पुस १, २०७५ आइतबार १७:२७:२७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाही जिल्ला पछिल्लो समय अवैध लागुऔषध तथा गाँजा तस्करीको ट्रन्जिट बन्दै गएको छ ।

सर्लाहीको बाग्मती र लखन्देही नदीको बाटो भएर गाँजा तस्करीले भारती बजारमा लागुऔषध गाँजा पुर्यासउने  गरेका छन् । उनीहरुले सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा खोलाको बाटो हुँदै लुकाई छिपाई नेपाल–भारतको सिमनामा लगेर भारती तस्करीलाई महङ्गो मूल्यमा बिक्री गर्ने गरेको गाँजा तस्करी संलग्न तस्करहरुले प्रहरीलाई बयान दिएका छन् । 

पछिल्लो समय सिन्धुलीको भित्री मधेश र मकवानपुरका पहाडी क्षेत्रमा व्यावसायिक रुपमै स्थानीयले  गाँजा खेती गर्ने गरेका छन । सिन्धुलीको क्यननखोला, बरुणखोला, मोटरखोला क्यानसिर भालुमारालगायतका खोच तथा भित्री मधेसमा  गाँजा तस्करले जग्गा भाडामा लिएर हजारौं बिघामा गाँजा खेती  गर्ने गरेका छन् ।

यसरी व्यावसायिक रुपमा नै गाँजा खेती हुँदा समेत त्यस क्षेत्रका स्थानीय  प्रहरी प्रशासन मौन बसेका छन् । सिन्धुली र मकवानपुरबाट बिक्री गर्नको लागि ल्याइएका गाँजा सर्लाही प्रहरीले दैनिक रुपमा बरामद गरेको छ । तस्करले गाउँबाट दैनिक ५ र ६ किलोका दरले लुकाएर अवैध गाँजा ल्याउने र सर्लाहीको सीमा क्षेत्रबाट भारतीय तस्करलाई बोलाएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

सर्लाही प्रहरीले केही दिन पहिले बाग्मती–लखन्देही फुलजोड लगायतका स्थानबाट ठूलो परिमाणमा लागुऔषध तथा गाँजा र ओसापोसारमा संलग्न गिरोहलाई प्रकाउ गरेको सर्लाहीका  डिसपी बिश्वराज खड्काले  जानकारी दिनुभयो ।

लागुऔषध गाँजा तस्करीमा गिरोहले महिला बालबालिकाको समेत प्रयोग गरेको छन् । सर्लाही प्रहरीले एक सातमा ६१ किलो गाँजासहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले  शनिबार गाँजा तस्करी संलग्न दाजु बहिनीलाई पाँच किलो गाँजासहित पक्राउ गरेको थियो ।

त्यस्तै केही दिनअघि कमैया  र भक्तिपुरबाट मोटरसाइकलमा ल्याउँदै गरेको सात किलो गाँजा बरामद गरेको थियो । गाँजा तस्करीमा संलग्न गिरोहले गाउँबाट सस्तो मूल्यमा गाँजा ल्याउने र भारती गिरोहलाई प्रति किलोको दश हजारसम्ममा बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।

माथिल्लो भित्री मधेश खोचमा उत्पादन हुने गाँजालाई भारती प्रबिधिकहरुले साउन महिनामा त्यस ठाउमा गएर गाँजाको बोटलाई मल्चिङ गर्ने गरेको स्थानीयले बताएका छन । भिरालो थोरै जग्गामा समेत राम्रो  गाँजा उत्पादन हुने भएकाले स्थानीयले गाँजा खेती गर्न थालेका हुन् । मकवानपुर जिल्ला गाँजा खेतीको लागि प्रख्यात भएको भनिएपनि पछिल्लो समय सिन्धुली  जिल्ला थपिएको छ । 

सिन्धुलीको मरीण गाउँपालिका  हरीहरपुर गढी गाउँपालिका  र घ्याङलेख गाउँपालिकाको विभिन्न स्थानमा व्यापक गाँजा खेती भएको सुराक पाएपछि केही दिनअघि झण्डै ५० बिगाहाभन्दा बढी जग्गामा लगाइएको गाँजा प्रहरीले फडानी गरेर नष्ट गरेको सिन्धुलीका डीएसपी लोकदर्शन थापाले जानकारी दिनुभयो ।

अझै त्यस क्षेत्रको क्यानखोला  र बरुण खोलामा गाँजा खेती भएको जानकारी आएको उहाँले बताउनुभयो । एकान्त र अप्ठ्यारो स्थान गाँजा खेती भएकाले पनि समयमा नष्ट गर्ने नसकिएको उहाँले बताउनुभयो ।

गाँजा खेती गर्नेहरुले प्रहरीकै आसपास ढुक्कसँग  खेती गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया