महिला बेचबिखनमा संलग्न दुईजना पक्राउ

 पुस १, २०७५ आइतबार १९:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नवलपरासी – महिला बेचबिखनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय  नवलपरासी पश्चिमले महिला बेचबिखनमा संलग्न गैडाकोट नगरपालिका १७ बस्ने निसा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६ बस्ने जीवन बिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसार पसार मुद्धा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्ष बीरेद्र थापाले जानकारी दिनुभएको छ ।

थापाका अनुसार नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउ“पालिका एकको  सीमा महेशपुरबाट माइती नेपालको सहयोगमा दुई महिलाको मंसिर २७ गते  उद्धार गरिएको थियो ।

उनीहरुले दिएको जाहेरीको आधारमा बोटे र बिकलाई पक्राउ गरिएको हो । उनीहरुले ती महिलालाई वैदेशिक रोजगारीमा लगाउने प्रलोभन देखाएर भारतमा बेचबिखनका लागि लैजान लागेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया