अबको एक दशक विकास र समृद्धिमा : अध्यक्ष प्रचण्ड

 पुस १, २०७५ आइतबार १९:११:९ | देव पचभैया
unn.prixa.net

पाल्पा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक हुनुको विकल्प नभएको बताउनुभएको छ ।

देश शान्ति र समृद्धिको संकल्पका साथ अगाडि बढेको बताउँदै प्रचण्डले देशको विकासका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको दाबी गर्नुभयो ।

पूर्वी पाल्पाको पहिलो माध्यमिक विद्यालयका रुपमा रहेको रामतुलसी माध्यमिक विद्यालय रामपुरको स्वर्ण जयन्ती समारोहको उट्घाटन गर्दै प्रचण्डले दशक–दशकमा नेपालमा ठूला परिवर्तन हुने गरेको भन्दै राजनीतिक शक्तिहरुले अबको एक दशक विकास र समृद्धिमा बिताउने संकल्प गरेको जिकिर गर्नुभयो ।

प्रचण्डले अब देश शान्ति र समृद्धितर्फ अगाडि बढेको र वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको दाबी गर्नुभयो । कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकोले यसको कालोपत्रेका लागि तीव्रता दिने बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया