अमिताभ, शाहरुखलगायतले र्इशा अम्बानीको विवाहमा खाना पस्किनुकाे रहस्य यस्ताे पाे रहेछ !

 पुस १, २०७५ आइतबार २०:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

यही डिसेम्बर १२ मा भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र आनन्द पीरामलको विवाह भयो यस विवाहलाई भारतकै अहिलेसम्मकै महंगो विवाह भएको बाताइएको छ ।

यस विवाहमा हलिउडदेखि बलिउडका कलाकारहरुसम्म बोलाइएको थियो । विवाहमा जति चर्चा अम्बानी परिवारको भयो त्यति नै चर्चा विवाहमा उपस्थित कलाकारहरुको पनि भयो । 

तीमध्ये बलिउडका महानायक अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, ऐश्वर्या राय बच्चन लगायतका बलिउड कलाकारको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएसँगै बलिउडका यी सुपरस्टारहरु सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् । 

 

सार्वजनिक भिडियोमा ईशा अम्बानीको विवाहका दिन अम्बानीको एन्टीलिया हाउसमा अभिताभ बच्चन, शाहरुख खान, आमिर खान र ऐश्वर्या राय बच्चन पाहुनाहरुलाई खाना पस्किरहेका छन् । 

यो भिडियो सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको छ भने बलिउडका यी कलाकारहरुले ईशा अम्बानीको विवाहमा पाहुनाहरुलाई खाना पस्किरहेको फ्यानहरुलाई चित्त बुझेको छैन । 

यसैबीच ईशा अम्बानीको विवाहमा बलिउड कलाकारले खाना पस्किनुको रहस्य अभिनेता अभिषेक बच्चनले खाेलेका छन् । 

अभिषेकले उनकी एक फ्यानले गरेको अमिताभ र आमिर किन खाना पस्कँदैछन् भन्ने प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘यो गुजराती विवाहको परम्पराभित्रै पर्छ, जसलाई ‘सज्जन घोट’ भनिन्छ । जहाँ दुलहीका परिवारले दुलहाका परिवारका लागि खाना पस्कन्छन् ।’
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया