युद्धविरामकै बेला यमनमा भिडन्त, २९ जनाको मृत्यु

 पुस १, २०७५ आइतबार २०:१:२५ | रासस
unn.prixa.net

विद्रोहीहरुको नियन्त्रणमा रहेको यमनको होडेइडा शहरमा हवाइ आक्रमणसँगै स्थलगत भिडन्त भएको छ ।

संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लङ्घन गर्दै भिडन्त भएको सरकारी पक्ष र स्थानीयबासिन्दाले बताएका छन् । शनिबार राति भएको भिडन्तमा परि कम्तीमा २९ लडाकूको ज्यान गएको छ । मृत्यु भएकामध्ये २२ जना हुथी विद्रोही रहेको जनाइएको छ ।

अल डुरायहिमी जिल्लामा भएको भिडन्तका क्रममा सात जना विद्रोहीलाई नियन्त्रणमा लिएको पनि त्यहाँको सरकार  पक्षले जनाएको छ । घटनास्थल होडेइडादेखि २० किलोमिटर टाढा पर्दछ । स्थानीय बासिन्दाका अनुसार गोली हानाहानको आवाज रातभरी सुनिएको थियो ।

उनीहरुले आइतबार बिहान पाँच बजेसम्म भिडन्त भएको जानकारी दिएका छन् । राष्ट्रसंघको पहलमा यमनको सरकारी पक्ष र विद्रोही पक्षका बीचमा शान्ति वार्ता गराउने गरी केही समय अगाडि भएको युद्धविराम अहिले कार्यान्वयन रहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया