बझाङमा पेस्तोलसहित एकजना पक्राउ

 पुस १, २०७५ आइतबार २०:११:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बझाङ – थलरा गाउँपालिकाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

थलारा गाउँपालिका वडा नम्बर ६ पिखेत नुवाघरका प्यारु मिजार पेस्तोलसहित पक्राउ परेका हुन् । केही समयअघि भारतबाट आउँदा पेस्तोल ल्याएको भन्ने हल्ला पाएपछि प्रहरीले आइतबार मिजारको घरमा छापा मारेको थियो । छापा मार्दा उनको घरमा पेस्तोल भेटिएको प्रहरी नायव उपरीक्षकब प्रविण धितालले बताउनुभयो ।

घरबाट पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । इलाका प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा एक थाल कटुवा पेस्तोल फेला परेको हो ।

पेस्तोलसहित पक्राउ परेका मिजारबारे थप अनुसन्धान भइरहेको प्रहरीले डीएसपी धितालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया