आर्इसीसी महिला विश्वकप क्रिकेट छनाेट फागुनमा, नेपाली टाेली बुधबारदेखि प्रशिक्षणमा

 पुस १, २०७५ आइतबार २०:५९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सन् २०२० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आर्इसीसी महिला विश्वकप क्रिकेटका लागि एसिया छनोट आउँदाे फागुनमा हुने भएको छ । 

थाइल्याण्डमा आयोजना हुने छनोट खेल फागुन ६ देखि १५ गतेसम्म हुनेछ । छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब इमिरेटस्, मलेसिया, कुवेत, चीन र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आर्इसीसी महिला टी–२० विश्वकप छनोट र आर्इसीसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन् । छनोटको खेल तालिका भने सार्वजनिक भएको छैन । 

यसैबीच छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला टोलीले आउँदाे बुधबारदेखि प्रशिक्षण शुरु गर्ने नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया