म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लियो

 पुस २, २०७५ सोमबार ६:३५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

चिरप्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गोल अन्तरले हराएको छ ।

निकै रोमाञ्चक बनेको खेलमा लिभरपुलको जितमा जेर्दान सकिरीले दुई गोल गरे । खेलको २४ औं मिनेटमा साडियो मानेको गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनायो । तर ३३ औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

खेल सकिन २० मिनेट बाँकी हुँदा लिभरपुल प्रशिक्षक जोर्गेन क्लोपले साकिरीलाई मैदान प्रवेश गराएका थिए । त्यही बीचमा उनले टिमका लागि दुई गोल गर्न सफल भए । ७३ औं मिनेटमा साकिरीले गोल गर्दै लिभरपुललाई दुई एकको अवस्थामा पुर्याए । भने ८० औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । 

जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । १७ खेलमा सिटीको ४४ अंक छ भने लिभरपुलको ४५ अंक पुगेको छ । हारपछि युनाइटेड छैटौँ स्थानमा यथावत छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया