पर्यटन बाेर्डकाे सीईओ छनाेट प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्त...
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – काठमाडौंको दक्षिण–पश्चिमी क्षेत्रको प्राचीन नेवार वस्तीमा मनाइने सात गाउँको जात्रा अन्तर्गत कीर्तिपुरमा इन्द्रायणी देवीको र चन्द्रागिरीमा विष्णुदेवीको जात्रा भैरहेको छ ।
सतुंगल, लोहँकोट, बोसिगाउँ, नैकापलगायतका बासिन्दाले बल्खुमा रहेको विष्णुदेवीलाई भात चढाउने चलन छ । बिहानैदेखि नैकाप, सतुंगल र तीनथानाको सीमामा रहेको विष्णुदेवी पीठमा केही दिनअघि बली दिएको मासुको परिकार सजाएर चढाउने भक्तजनको घुँइचो लागेको छ । आजै देव–देवीलाई खटमा राखेर जात्रा गरिनेछ ।
जात्राका कारण कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ ।