परराष्ट्रमन्त्री ज्ञवाली आज अमेरिका भ्रमणमा जाँदै

 पुस २, २०७५ सोमबार १०:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग महत्वपूर्ण भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाली पक्षबाट कुटनीतिक पहल पर्याप्त नहुँदा अमेरिकाले नेपाललाई भारतकै आँखाले हेर्ने गरेको कुरा उठीरहेका बेला हुन लागेको भ्रमण र अमेरिकी विदेशमन्त्रीसँगको भेटमा नेपालले यो विषयलाई महत्वका साथ उठाउने तयारी गरेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी राष्ट्रपति कार्यालय, ह्वाइट हाउस, अमेरिकी सहयोग नियोग (यूएसएड) लगायत निकायका उच्च अधिकारीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै, परराष्ट्र सचिव शंकर वैरागीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले आउँदो बुधबार अमेरिकाको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री एलिस जी बेल्स नेतृत्वको अमेरिकी टोलीसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया