शेयर लगानीकर्ताको आन्दोलनका कारण शेयर कारोबार प्रभावित

 पुस २, २०७५ सोमबार १२:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

लगानीकर्ताको आन्दोलनका कारण शेयर बजार प्रभावित भएको छ । शेयरबजार लगातार ओरालो लाग्दा पनि सरकारले चासो नदिएको भन्दै सोमबारदेखि आमरण अनसन बस्ने घोषणा गर्दै शेयर लगानीकर्ताले कारोबार नगर्न लगानीकतालाई आग्रह गरेका थिए ।

त्यसकै प्रभावस्वरुप बजार खुलेको १ घण्टा हुँदा ८ लाख हाराहारीको मात्र कारोबार भएको छ । शेयरको किनबेच गर्ने सबैजसो दलाल कार्यालय सुनसान छन् ।

यसैबीच, शेयर बजारको अवस्था सुधार गर्न सरकारले हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने भन्दै लगानीकर्ताहरु तिलक कोइराला र हरि ढकालले आमरण अनशन थाल्नुभएको छ । झण्डै एकहप्ता रिले अनसन बस्दा पनि सुनुवाई नभएको बरु अर्थ मन्त्रालयले छलछाम गर्ने नीति लिएकाले आमरण अनसन बस्नुपरेको उहाँहरुले बताउनुभएको छ ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया