नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

आज कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै –  आज  कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्छ ।

यस्तै राति कोशी प्रदेशका पहाड र तराईका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

गएराति सुनसरी, धनकुटा र उदयपुरमा ठूलो पानी परेको छ । यस्तै सिन्धुपाल्चोक, दोलखा, लमजुङ, कास्की, म्याग्दी, सुर्खेत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज