नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

एकदिवसीय शृङ्खलाको तेस्रो खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले हरायो

काठमाण्डौ – एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई तीन सय ४२ रनले पराजित गरेको हो ।

इङ्ल्याण्डले दिएको चार सय १५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभर पाँच बलमा ७२ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका कोबिन बोशले २० रन बनाए । दक्षिण अफ्रिकाका जोफ्रा आर्चरले चार विकेट लिए । यस्तै आदिल रशिदले तीन र ब्राइडन कार्सेले दुई विकेट लिए ।

त्यसअघि साउथह्यामटनमा टस हारेर ब्याटिङ गरेको इङ्ल्याण्डले पाँच विकेट गुमार चार सय १४ रन बनायो । इङ्ल्याण्डका लागि याकूब ग्राहम बेथेल र जोय रुटले शतकीय पारी खेले । बेथेलले एक सय १० र रुटले एक सय रन बनाए । यस्तै जेमी स्मिथ र जोस बटलरले समान ६२ रन बनाए । दक्षिण अफ्रिकाका कोर्बिन बोश र केशव महाराज समान दुई विकेट लिए ।

यौसँगै तीन खेलको शृङ्खला दक्षिण अफ्रिकाले २–१ ले जितेको छ । पहिलो र दोश्रो खेलमा इङ्ल्याण्डलाई हराएको दक्षिण अफ्रिका तेश्रो खेलमा फराकिलो अन्तरले हारेको हो । दुवै टोलीबीच तीन खेलको टी–२० ट्वान्टी शृङ्खला पर्सि बुधवार कार्डिफमा शुरु हुँदैछ । 

प्रकाशित मिति:
थप खेलकुद