माइभ्याली गोल्डकपको पाँचौ संस्करण अनिश्चित

 पुस २, २०७५ सोमबार १३:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – माइभ्याली गोल्डकपको पाँचौँ संस्करण यो वर्ष अनिश्चित बनेको छ । खेल हुने ठाउँ इलाम नगरपालिकामा रहेको टुँडिखेलको विषयलाई लिएर गोल्डकप आयोजनाको पाँचौ संस्करणमा अन्यौलता बढेको हो ।

माइभ्याली फुटकल क्लब र जिल्ला फुटबल संघले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्ष हुने गोल्डकप आयोजना गर्न नसकिने बताएको छ  । आउँदो फागुन २३ देखि चैत २ गतेसम्म आयोजना गर्ने अखिल नेपाल फुटबल संघबाट टुङ्गो भएको गोल्डकप आयोजकले स्थागित गर्ने जनाएको हो । यस्तो गतिविधिले जिल्लाका फुटबल पारखी भने चिन्तित बनेका अखिल नेपाल फूटबल संघका केन्द्रीय सदस्य निरोज खड्गीले बताउनु भयो  । 

नेपाली सेनाको मातहतमा रहेको टुडिखेलमा प्रतियोगितालाई प्रभाव पार्ने गरी सेनाले गतिविधि गरेको आयोजकको दाबी छ । फुटबल पारखी ‘दर्शकको मायाले टिकेको इलामको फुटबल प्रतियोगितामा दर्शकलाई नै असर पर्ने कृयाकलाप भएको भन्दै माइभ्याली फुटबल क्लवका अध्यक्ष धिरेन चेम्जोङले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘जहाँ अधिक दर्शक बस्ने स्थान छ त्यही स्थानमा तारबेरा गर्ने कार्य नेपाली सेनाले गरेको छ । दर्शकलाई सोझै असर पार्ने गतिविधि भएको र खेल्न योग्य मैदानलाई असर पर्ने क्रियाकलाप गरिएकाले प्रतियोगिता सफल नहुने ठानेर पूर्वी पहाडकै प्रतिष्ठित गोल्डकप स्थगन गर्ने सोचमा पुगेका हौँ ।

खेल मैदानलाई खेल्न योग्य बनाउन मात्रै ३० लाख रुपैयाँभन्दा बढी रकम क्लबले खर्च गरिसकेको छ  । तर अहिले मैदान भित्रै मेला लगाउन दिएर मैदानको अवस्था बिग्रिएकोसमेत अध्यक्ष चेम्जोङ्गले गुनासो गर्नुभयो । इलामको गडीथुम्कास्थित पशुपतिप्रसाद गणका प्रमुख असिमदीप गुरुङले भन्नुभयो ‘यता नेपाली सेनाले भने आयोजना स्थगन हुनुमा आफू कारण हुन नसक्ने बताएको छ । मैदान सबैको साझा सम्पत्ती भएकाले आयोजनालाई प्रभाव पर्ने कुनै पनि काम हामीले गरेका छैनौँ ।’  

‘सार्वजनिक महत्वको यस्तो विषयमा सेनालाई बीचमा ल्याउनु गलत भएको बताउँदै उहाँले प्रतियोगिता आयोजना हुने अवधि अझै केही समय रहेकाले आफूहरुले मैदानलाई खेल्न सक्ने अवस्थामा पुर्‍याइदिने बताउनुभयो । नेपाली सेनाका अनुसार प्रतियोगिता आयोजना र व्यवस्थापन व्यवधानका विषयमा लिखित निवदेनसमेत नआएको जनाएको छ ।

तर आयोजकले पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजनाका लागि पटक÷पटक पहल गर्दा पनि सफल नभएको जनाएको छ । समस्या समाधानका लागि पहल गर्ने धेरै प्रयास ग¥यौं, तर सफल नहुँदा समस्या जटिल बन्दै गएको अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य खड्गीको भनाइ छ ।  यो वर्र्ष ६७ लाख रुपैया खर्च हुने अनुमान गरिएको थियो ।

२०७१ सालदेखि सुरु भएको माइभ्याली गोल्डकपका ४ संस्करणसम्म आइपुग्दा मैदानको स्तर उन्नतिमा स्थानीयको सहयोगले मैदानको धेरै सुधार भएको क्लबका अध्यक्ष चेम्जोङ्गको दाबी छ । पाँचौ सस्करणका लागि प्रतियोगितामा नेपालका ३ विभागीय टिमसहित मनाङ्ग मस्र्याङदी, थ्रिस्टार र ३ विदेशी टिम आउने टुङ्गो लागेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया