दीपाश्री निरौला बनिन् भट्टीकी साहुनी !

 पुस २, २०७५ सोमबार १४:९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै सिक्वेल चलचित्र निर्माण गरेका निर्देशक विकासराज आचार्यले नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् ।

काठमाडौँको मैतिदेवी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘हजार जुनी सम्म’ राखिएको छ । गायक उदय सोताङ तथा गायिका मनिला सोताङको गीत ‘हजार जुनी सम्म’बाट सापटी लिएर यो चलचित्रको नाम राखिएको हो । 

आइतबार बालाजुस्थित एनएफ डीसीको हलमा चलचित्रमा समावेश रहने एक गीतको छायांकन समेत गरिएको छ । प्रल्हाद तिमल्सिना र मीना निरौलाको स्वरमा रहेको लोक शैलीको गीत छायांकन गरिएको बताइएको छ । गीतमा चलचित्र ‘छक्का पञ्जा ३’ कि निर्देशक समेत रहेकी हास्यकलाकार दीपाश्री निरौला, हास्यकलाकार शिवहरी पौडेल, नायक आर्यन सिग्देल र नवनायक अकी प्रधानलाई फिचर गरिएको छ ।

गीतमा दीपाश्री निरौलालाई भट्टिकी साहुनीका रुपमा प्रस्तुत गरिएको छ भने सिबहरि पौडेल ग्राहाकका रुपमा प्रस्तुत भएका छन् । विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले संयुक्त रुपमा लेखेको चलचित्रमा नायिका निरुता सिंह, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत लगायतका कलाकारहरुको समेत अभिनय रहने बताइएको छ । 
–उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया