यस वर्षको गंकी–धुस्वां बसुन्धरा पुरस्कार मल्ल के सुन्दर र रामेशलाई

 पुस २, २०७५ सोमबार १६:५:४० | रासस
unn.prixa.net

काठमाडौं – यस वर्षको गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट नेपालभाषाका उपन्यासकार मल्ल के सुन्दर र धुस्वां सायम सिर्जना पुरस्कारबाट जनगायक रामेशलाई सम्मान गरिने भएको छ । 

गंकी–धुस्वां बसुन्धरा प्रतिष्ठानले प्रत्येक दुइ वर्षमा नेपालका विभिन्न भाषाका उपन्यासकारलाई गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट तथा नेपाली कला एवं सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई धुस्वां सायमि सिर्जना पुरस्कारबाट सम्मान गर्दै आइरहेको छ । 

प्रतिष्ठानका अध्यक्ष डा. अरुण सायमिको अध्यक्षतामा हालै बसेको बैठकले नेपालभाषा साहित्यको उपन्यास विधामा नयाँ धार र नयाँ चिन्तनयुक्त उपन्यास सिर्जना गरेबापत उपन्यासकार मल्ललाई र नेपालको जनपक्षीय सङ्गीत क्षेत्रमा नेतृत्वदायी योगदान पुर्‍याएबापत जनगायक रामेशलाई सम्मान गर्ने निर्णय गरेको हो । 

आउँदो माघ १ गतेका दिन उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया