फ्रेन्ड्सलाई हराउँदै संकटाले गर्यो शीर्ष स्थानको मनाङसँग अकं बराबरी

 पुस २, २०७५ सोमबार १६:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा संकटाले फ्रेन्ड्स क्लबलाई तीन–एकले हराएको छ । लिगमा आठौँ जित निकालेको संकटाले शीर्ष स्थानको मनाङसँग अंक बराबरी गरेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा संकटाले खेलको २५ औँ मिनेटमा पहिलो गोल गर्यो । उसका लागि विदेशी खेलाडी इलोन म्याक्सवेलले र्नोब्रेट रेडिकको पासमा गोल गरे । एक गोलले अगाडि रहेको संकटाले ४० औँ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो । तर ४५ औँ मिनेटमा फ्रेन्डसले खेल बराबरी गर्यो । उसका लागि प्रिजेन तामाङले गोल गर्न सफल भए । पहिलो हाफमा एक–एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा संकटाले दुई गोल थप्यो ।

खेलको ५४ औँ मिनेटमा टाम्पीको गोलमा संकटाले खेल दुई–एकको अवस्थामा पुर्यायो । त्यसलगत्तै ५७ औँ मिनेटमा उसले तेस्रो गोल गर्यो । यसपटक उसका लागि दिपेश आल ेमगरले गोल गरे । उनले लक्ष्मण रुचालको पासको सदुपयोग गरे । त्यसपछि फ्रेन्डस खेलमा फर्कन सकेन र संकटाले तीन अंक जोड्यो । जितपछि संकटाले नौ खेलबाट २४ अंक बनाउदा मनाङसँग अंक बराबरी गरेको छ ।

अर्को खेलमा सरस्वती र जाउलाखेलले गोलरहित बराबरी खेले । दुवै टिमले गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीपछि सरस्वतीको १० अंक भएको छ भने जाउलाखेलको आठ अंक पुगेको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया