चक्रपथ रुटमा चल्ने सवारी साधनमा पाकेटमारी गर्ने ७ जना पाकेटमार पक्राउ

 पुस २, २०७५ सोमबार १६:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सांकेतिक भाषा प्रयोग गर्दै चक्रपथमा चल्ने सार्वजनिक सवारी साधनमा पाकटेमारी गर्ने गिरोह पक्राउ परेको छ ।

आइतबार सादा पोशाकमा खटिएको प्रहरीको टोलीले बसुन्धराबाट पाकेटमारी गर्ने नाइके मास्टर भनिने पूर्णबहादुरसहित ७ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको कोठाबाट प्रहरीले ७० हजार रुपैयाँ तथा विभिन्न् कम्पनीका ३० वटा मोबाइलसमेत बरामद गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया