विश्वकप २०१८ काे पहिलो गोल गाजिन्स्कीकाे नाममा

 जेठ ३१, २०७५ बिहिबार २१:९:५७ | उज्यालो सहकर्मी

विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रुसले साउदी अरेबियाविरुद्ध पहिलो गोल गरेको छ । 

खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका हुन् । हेड गर्नका लागि उनलार्इ अलेक्सान्द्र गाेलाेभिनले क्रस पास  दिएका थिए ।
रुसले १ गाेलकाे अग्रता लिए पनि ४० मिनेटकाे खेल चलिरहँदा  बलकाे नियन्त्रणका हिसाबले साउदी अरेबियामाथि हावी देखिएकाे छ । 

यसै क्रममा अायाेजक रुसका तर्फबाट दाेस्राे गाेल भएकाे छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया