कानूनमार्फत पत्रकार तर्साउँदै छ सरकार : अध्यक्ष आचार्य

 पुस २, २०७५ सोमबार १७:२२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले पत्रकारले गरेको गल्तीलाई अपराधीका रुपमा लिने गरिएको भन्दै अपत्ती जनाउनुभएको छ ।

नेपाल पत्रकार महासंघ दाङको २६ औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बोल्दै पत्रकारले गरेका गल्तीलाई अपराधीका रुपमा लिएकोमा उहाँले अपत्ती जनाउनुभएको हो ।

फौजदारी संहिताले पत्रकारलाई कानून लगाउने भाषा बोलेको उल्लेख गर्दै अध्यक्ष आचार्यले यसका लागि आफूहरुले आन्दोलन गरेको स्मरण गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रताका लागि कुनै पनि सम्झौता नहुने बताउनुभयो ।

साना सञ्चार माध्यमहरुले विकास निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष अचार्यले कामको बेलामौकामा समीक्षा हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारले पनि आफ्नो जिम्मेवारीलाई बोध गरेर काम गर्नुपर्ने बताउनुभएको थियो । अध्यक्ष शर्माले कमिकमजोरीलाई निर्मुल पार्दै चिन्तन, मनन्, छलफल गरेर अगाडि बढ्न सक्नुपर्ने बताउनुभएको थियो ।


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया