यस्तो रह्यो प्रियंका र आयुष्मानको प्रेम यात्रा

 पुस २, २०७५ सोमबार १७:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेता आयुयष्मान देशराज जोशीले आइतबार मात्रै आफ्नो २५ औँ जन्मदिन मनाएका छन् ।

आयुष्मानको जन्मदिनको अवसर पारेर अभिनेत्री तथा आयुष्मानकी प्रेमिका प्रियंका कार्कीले आयुष्मानसँगका विशेष पलहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

प्रियंकाले आयुष्मानसँगको फस्ट भेटदेखि फस्ट फोटोशुट र इन्गेजमेन्टसम्मका विशेष पलहरु सेयर गरेकी छिन् । यसका अलावा प्रियंकाले दुईवटा बच्चा समातेको तस्बिर सेयर गर्दै आफू पनि यही पलको प्रतिक्षामा रहेको उल्लेख गरेकी छिन् ।

उनले यसरी नै आफ्ना बच्चाहरुसँगको तस्बिर खिचाएर आफ्नो परिवार भन्ने इच्छा भएको तस्बिरमा उल्लेख गरेकी छिन् । आयुष्मान र प्रियंका खुल्लम खुल्ला प्रेम गर्ने जोडीमा पर्छन् । उनीहरु सामाजिक सञ्जालमार्फत एकअर्काको लागि प्रेम व्यक्ति गरिरहेका हुन्छन् । यी दुईले एकअर्काको नाम मिलाएर ट्याटू समेत खोपिसकेका छन् ।

प्रियंकाले आफ्नो गर्दनमा आयुष्मानको नाम र आफ्नो नाम जोडेर आयांका नामको ट्याटू पनि खोपाएकी छिन् । त्यस्तै आयुष्मानले पनि यही नामको ट्याटू खोपाइसकेका छन् । आयुष्मान कार्यक्रम प्रस्तोता हुँदै अभिनयमा होकिएका व्यक्ति हुन् ।

सिनेमा चपली हाइटबाट डेब्यू गरेका उनले त्यसपछि सिनेमा छक्का पञ्जा २, कथा काठमाण्डू, चङगा चेटलगायतका सिनेमामा काम गरेका छन्  ।

यसमा अलावा उनले केही म्युजिक भिडियोमा पनि काम गरेका छन् । आयुष्मान र प्रियंका यतिबेला सिनेमा प्रेमदिवसको छायाकंनमा ब्यस्त छन् ।

उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया