शाहरुखले भने : छोरा आर्यन निर्देशक बन्नेछ, छोरी सुहाना अभिनेत्री

 पुस २, २०७५ सोमबार १८:३:२९ | एजेन्सी
unn.prixa.net

बलिउड उद्योगमा एकपछि अर्को गर्दै स्टारकिडहरु प्रवेश गर्दैछन् ।

यसैबीच अभिनेता शाहरुख खानका छोरा आर्यन र छोरी सुहानाले समेत बलिउडमा छिट्टै नै प्रवेश गर्ने खबरहरु आइरहेका छन् । अहिले अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’ प्रदर्शनको तयारीमा रहेको छ । शाहरुख यसै फिल्मको प्रमोशनका लागि विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । प्रमोशनकै एक कार्यक्रममा शाहरुखले उनका छोरा र छोरी सुहानाको विषयमा बोलेका छन् । 

शाहरुखले उनकी छोरी सुहानालाई बलिउड फिल्मकी हिरोइन बन्ने इच्छा रहेको र छोरा आर्यनलाई भने अभिनय भन्दा निर्देशनमा रुची भएकाले उनी निर्देशक बन्न सक्ने बताएका छन् । शाहरुखले भने, ‘यदि आर्यन अभिनेता बन्न चाहन्छ भने त्यो मेरा लागि खुसीको खबर हुनेछ । तर म तपाईँलाई जानकारी गराउछु की उसलाई निर्देशक बन्न मन छ । उ यतिबेला विदेशमा फिल्म निर्माण र लेखनको पढाई गरिरहेको छ । उ पढाई सकेर फर्किएपछि करण जोहरका साथ निर्देशनको काम गर्नेछ । छोरी सुहानाको भने बलिउडकी हिरोइन बन्ने सपना रहेको छ ।’ 

शाहरुखले छोरी सुहानाको बारेमा भनेका छन्, ‘सुहाना सानैदेखि अभिनेत्री बन्न चाहन्थिन् । उनी स्कुलको पढाई सकेर ३÷४ वर्षका लागि विदेशमा अभिनयको पढाई गर्नेछिन् । मलाई विश्वास छ उनी छिट्टै नै फिल्म उद्योगमा पाइला राख्नेछिन् ।’

शाहरुख खानले उनका सन्तान ३÷४ वर्षपछि मात्रै बलिउड प्रवेश गर्ने बताएका छन् । साथै छोरी सुहाना र छोरा आर्यनको करियर बनाउनका लागि निर्देशक करण जोहरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताएका छन् ।

करण जोहरले समेत यसअघि शाहरुखका छोरा आर्यन खानको डेब्यू फिल्म निर्देशन गर्ने सपना रहेको बताएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया