भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलिया १४६ रनले विजयी

 पुस ३, २०७५ मंगलबार १०:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलिया १४६ रनले विजयी भएको छ । पर्थमा खेलिएको दोस्रो टेस्टमा २८७ रन पछ्याएको भारत पाँचौ दिनको पहिलो सत्रमा १४० रनमा समेटिएपछि श्रृंखला अष्ट्रेलियाले १–१ को बराबरी गर्न पनि सफल भयो । 

अष्ट्रेलियाले पहिलो पारिमा ३२६तथा दोस्रो पारिमा २४३ रन बनाउँदै २८७ रनको लक्ष्य दिएको थियो । भारतले पहिलो पारिमा २८३ रन बनाउँदै सुुरुमै ४३ रनले पछि परेको थियो । २८७ रन पछ्याएको भारतका लागि सुरुका व्याट्सम्यानहरु चल्न नसक्दा ५५ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।   

भारतका हुनमान बिहारी र अजिंक्या रहानेले सर्वाधिक ४३ रनको साझेदारी गरेका थिए । भारतका लागि रहाने र ऋषभ पन्तले सर्वाधिक तीस तीस रन बनाउँदा हनुमान विहारीले २८ रन जोडेका थिए । मुरली विजयले २० तथा विराट कोहली १७ रनमा आउट भए । मुरली विजयले ४ तथा उमेश यादवले २ रन जोडे । अरु केएल राहुल, इशान्त शर्मा, जसप्रित बुमराह र मोहम्मद सामीले खातानै खोल्न सकेनन् । अब तेस्रो टेस्ट २६ तारिखदेखि सुरु हुने छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया